ट्रेण्डिङ

होमपेज / समाज

प्रभाकर मावि देवस्थलको क्वारेनटाइनमा बसेका ८ जनाको आरडिटी रिर्पोट शंकास्पद , २२१ जना घर फर्किए

  इन्द्र बुढाथोकी २०७७ जेठ २९ गते बिहीबार १२:२१:२६ मा प्रकाशित

इन्द्र बुढाथोकी २९ जेष्ठ 
भारतको  विभिन्न ठाउँबाट आई क्वारेनटाइनमा बसेका बनगाड कुपिण्डे नगरपालिका २२१  जनालाई क्वारेन्टाइनबाट घर फर्किएका छन् ।

जेठ ८ गतेदेखि क्वारेनटाइनमा बस्दै आइरहेका र पीसिआर रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई आरडिटीमा गर्दा नेगेटिभ आए पछि घर पठाइएको नगरपालिकाले जनाएको छ । आरडिटी गर्ने क्रममा  ८ जनाको भने रिर्पोट शंकास्पद आएको छ ।

आरडिटी पोजेटिभ देखिएकाहरुको पूनः  पिसिआर गरिने स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिए ।  प्रभाकर माध्यमिक देवस्थलको क्वारेन्टाइनमा रहेका २२९ जना मध्य ८ जनालाई आरडिटी रिर्पोट शंकास्पद  देखिएको छ । 

२ हप्ता सम्म अनिवार्य होम क्वारेन्टाइन बस्ने सर्तमा घर पठाएको मेडिकल अफिसर डाक्टर इन्द्र बहादुर थापाले बताए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top