होमपेज / समाज
इन्द्र बुढाथोकी जेष्ठ २८ सल्यान ।
सुर्खेतको सिम्ता गाउँपालिकामा किसानलाई वोयर बोका वितरण गरिएको छ । सिम्ता गाउँपालिका ९ वटै वडाका करिव १७ समुहलाई ३५ वटा वोयर क्रसबोका ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । सिम्ता गाउँपालिकाका् आर्थिक सहयोग र पशु स्वास्थ्य शाखाको आयोजनामा वोयर वितरण गरिएको छ ।
उन्नत जातको नश्ल सुधार बोका वितरणले किसानको उत्पादनमूलक क्षेत्रमा टेवा पुरयाउने आशा राखिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए । करिव १० लाख ५० हजार गाउँपालिकाको आर्थिक सहयोग र समुहमा आबद्ध किसानलाई पहिलो चरणमा उन्नत जातको बोयर बोका वितरण गरिएको सिम्ता गाउँपालिका पशु सेवा शाखा प्रमुख दिलवहादुर पुनले बताए ।
आज मात्रै सिम्ताको राकम, गोजिवजार, कालिखोला र बाँखर्क वजारमा बोयर बोका वितरण गरिएको छ भने दोश्रो चरणमा अन्य समुहलाइ पनि वितरण गरिने शाखा प्रमुख पुनले बताए ।





.jpg)