होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान २८ जेष्ठ
भारतका विभिन्न ठाउँबाट आई क्वारेनटाइनमा बसेका बनगाड कुपिण्डे नगरपालिका १४९ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । जेठ ८ गतेदेखि क्वारेनटाइनमा बस्दै आइरहेका र पीसिआर रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको नगरपालिकाले जनाएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको रामजानकी प्राथमिक विद्यालय राउचेका ८१ जना, र बनगाड क्याम्पस सुनौलीका ६८ जना गरि जम्मा १ सय ४९ जनालाई घर पठाएको छ । रामजानकी प्रावि राउचेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको र बनगाड क्याम्पस सुनौलोका अधिकांशमा पीसिआर रिर्पोट नेगेटिभ आए पछि घर पठाइएको उपमेयर मञ्जु यरीले बताइन । उनीहरु सबैलाइ घर पठाउनु भन्दा अघि आरडिटी समेत गरिएको उनको भनाई छ ।
क्याम्पसको क्वारेन्टाइनमा आरडिटी रिपोर्टमा ८ जनाको शंकास्पद रिर्पोट आएको र उनीहरको फेरी पिसिआर गरिने नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेल जानकारी दिए ।
२ हप्ता सम्म अनिवार्य होम क्वारेन्टाइन बस्ने सर्तमा घर पठाएको मेडिकल अफिसर डाक्टर इन्द्र बहादुर थापाले जानकारी दिए । विदाइ कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि लगाएतले होम क्वारेन्टाइनमा अनिवार्य बस्न समेत आग्रह गरेका छन् ।
साथै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा रहिराख्न आग्रह गरिएको छ । गाउघरमा हुने कुनै प्रकारका गतिविधि नगर्न र कोरोना सम्बन्धि सबैले जनचेतनामूलक सन्देश दिन भनिएको छ ।





.jpg)