ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा क्वारेनटाइनमा बस्नेहरुको सृजनात्मक कार्य

  सरिता चलाउने २०७७ जेठ २३ गते शुक्रबार १४:४७:२६ मा प्रकाशित

जेठ २३, सल्यान 
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्व नै आतंकित बनि रहेको छ । नेपालमा पनि कोरोनाकै कारण १० जनाले ज्यान गुमाई सकेका छन् । 
तेस्रो मुलुक भारत तथा अन्तरजिल्लाबाट आएका नागरिकहरु यतिबेला क्वारेनटाइनमा बसी रहेका छन् । क्वारेनटाइनको बसाई कष्टकर भइरहेको नागरिकहरुको गुनासो आइ रहदा सल्यानको एक क्वारेनटाइनमा बसेका नागरिकहरुले भने रचनात्मक काम गरेका छन् । 

जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ फलाँटेमा रहेको बालकल्याण आधारभुत विद्यालयको क्वारेनटाइनमा बसी रहेका युवाहरुले भने श्रहानिय कार्य गरेका छन् । उनीहरुले विद्यालयको हाता भित्र करेसाबारी निमार्ण गर्नुका साथै वृक्षा रोपनका लागि तीन दर्जन बढी खाडल निमार्ण गरेका छन् । 

क्वारेनटाइनमा बसी रहेका २४ जनाले विद्यालयको हाताभित्र दुई वटा करेसाबारी र फलफुलका विरुवा रोप्नका लागि तीन दर्जन खाडल तयार पारेका छन् । दिनभर बसेर समय खेर फाल्नु भन्दा समयको सदुपयोग हुने र आफ्ना छोरा छोरीहरुको लागि सिकाई पनि हुने भएकाले यस्तो कार्य गरेको क्वारेनटाइनमा बसेका धन बहादुर चलाउनेले बताए । उनले भने क्वारेनटाइन भन्दा बाहिर जान पाइदैन दिन कटाउन गाह्रो भइरहेको थियो सबैको सल्लाह अनुसार विद्यालयमा करेसाबारी र खाडल निमार्ण गरेका हौं । 

गाउँपालिकाले नै तयार गरेको कृषि वन नर्सरीबाट सुन्तला, कागती र टिमुरका विरुवाहरु रोपिने अर्का नर बहादुर बुढाथोकीले बताए । उनले भने आफ्नै छोराछोरी विद्यालय सञ्चालन भएपछि पढ्न आउने हुन । उनीहरुले पनि सिकनु भनेर यस्तो काम गरेका हौ । 
तयार भएको करेसाबारीमा वर्षे तरकारी लगाउने तयारी भएको उनको भनाई छ । 

क्वारेनटाइनमा बसेर समय खेर फाल्नु भन्दा रचनात्मक कार्य गरे सबैलाई उदाहरणिय कार्य हुने गाउँपालिकाका सूचना अधिकारी भीम भण्डारीले बताए । उनका अनुसार सिद्ध कुमाख गाउँपालिकामा मात्र भारत तथा अन्य जिल्लाबाट आएका २ सय ५८ जना क्वारेनटाइनमा बसी रहेका छन् ।  
सल्यानमा भारतबाट आएका मात्र झन्डै तीन हजार ५ सय बढी रहेका छन् भने ५४ जनामा कोरोना संक्रमित रहेका छन् । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top