होमपेज / समाज
इन्द्र बुढाथोकी जेष्ठ २२
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा स्वाब सङ्कल गरेको नौ दिन वितिसक्दा समेत रिपोर्ट आउन सकेको छैन । १३ गते स्वाब सङ्गकल गरि
पठाइएको स्वाबको हप्ता दिन भन्दा बढी बितिसक्दा समेत रिर्पोट आउन नसकेको हो ।
बनगाड क्याम्पसको १ सय ५० जना र प्रभाकर माध्यमिक विद्यालय देवस्थलको २ सय ४३ जना गरि जम्मा ३ सय ९३ जना मध्य १ सय ५८ जनाको रिपोर्ट आएको छ । जसमा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ बाँकी २ सय ३५ जनाको रिपोर्ट आझै आउने सकेको छैन ।
बाँकी स्वाब सङ्गकल गरेको ९ दिन सम्म रिपोर्ट आएको छैन । ८ गते देखि क्वारेन्टाइन बस्दै नागरिकहरु स्वाबको रिर्पोट नआउदा अन्यौलमा परेका छन् ।
पोजेटिभ नै देखिएको भएपनि पूण उनिहरुको स्वाब फेरि सङ्गकल गर्ने समय भएपनि परीक्षण निकै ढिला हुदै आइरहेको छ ।
प्रभाकर माध्यमिक विद्यालय देवस्थलको क्वारेन्टाइनमा बसेका बनगाड कुपिण्डे नगरपालिका वडा न ६ डुराखोलाका यादब विक र नोखराज विक अहिले
क्वारेन्टाइनमा बसेका छन भने उनिहरुका बुवाको मृत्यु भएको छ । अब उनिहरु किरिया बस्न घर आउनु पर्ने अवस्था छ । तर उनिहरुको रिपोर्ट अहिले सम्म आएको छैन नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले भन्ने प्रदेशले ९ दिन हुँदा सम्म पनि रिपोर्ट नआएको बताए ।
उनिहरुलाइ आरडिटी गरेर घर पठाउनुको विकल्प नभएको र यदि आरडिटिमा पोजेटिभ आएमा उनिहरुलाई क्वारेन्टाइनमा नै राखिने पोखरेलले बताए । उता सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल आफुले दैनिक पहल गरिरहेको र प्रदेशले आउँछ भनेर भन्ने मात्र गरेको बताउनु भयो बनगाड कुपिण्डे नगरपालिकामात्र ७ सय ११ जनाको स्वाब सङ्गकल गरेर पठाएको छ ।
प्रदेश निर्देशक रिता भण्डारी जोसि आफुलाई थाहा भएन अरुलाई बुझ्न आग्रह गरिन । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारी र अस्पतालका सुपरिटेन्डेन्ट डम्बर खडकाको फोन उठन सकेको छैन ।





.jpg)