होमपेज / समाज
सरिता चलाउने जेठ २२, सल्यान
सल्यानमा दुई दिनमा सय शश्याको आइसोलेसन वार्ड निमार्ण गरिएको छ । शारदा नगरपालिका २ स्थित सल्यान बहुमुखी क्याम्पस लुहापिङमा सय शश्याको आइसोलेसन तयार गरिएको हो ।
जिल्लामा कोरोना संक्रमितहरको संख्या वृद्धि हुदै जानथाले पछि जिल्लामै सय वार्डको आइसोलेसन निमार्ण गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
देशभर संक्रमण फैलिरहदा अन्य जिल्लामा लग्न पनि समस्या हुने भएपछि एकैपटक ठुलो संख्यामा अट्ने गरी आइसोलेसन निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनले भने ‘जिल्ला अस्पतालमा भएको २४ शश्याको बाहेक एक सय शश्याको आइसोलेसन निमार्ण गरेका छौं ’
नेपाली सेनाको समन्वयमा रात दिन गरेर दुई दिनमा आइसोलेसन निमार्ण गरिएको प्रशासनको भनाई छ । यदि संक्रमितहरुको संख्यामा वृद्धि हुदै गएमा र अहिलेको आइसोलेसनले धान्न नसक्ने अवस्थामा सम्बन्धित पालिकाहरुमा पनि आइसोलेसन निमार्ण गरिने पोखरेललको भनाई छ ।
कोरोना भाइरसको लक्षण देखिएकाहरुलाई सल्यान अस्पतालमा निमार्ण गरिएको आइसोलेसन र लक्षण नदेखिएका संक्रमितहरुलाई लुहापिङमा राखिने स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । सल्यानमा बुधबारसम्म ५६ जना संक्रमित भेटिएका छन् । जसमा १३ जनाको सुर्खेत, १२ जना सल्यान अस्पताल र अन्यको सम्बन्धित पालिकाको क्वारेनटाइनमा उपचार भइरहेको छ ।
लुहापिङमा आइसोलेसन निमार्ण सम्पन्न भएकाले बिहिबार आजै पालिकाका क्वारेनटाइनमा रहेका संक्रमितहरुलाई ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।






.jpg)