ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको नाम्रामा एक घर आगलागी

  इन्द्र बुढाथोकी २०७७ जेठ २० गते मंगलबार २०:३७:१५ मा प्रकाशित

इन्द्र बुढाथोकी  जेठ २०, सल्यान 
पश्चिम सल्यानमा एक घरमा आगलागी भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा १ नाम्रामा गोपल कामिको घरमा आगलागी भएको हो । घरमा आगलागी हुँदा पुरै घर जलेर नष्ट भएको छ ।  दिउसो ३ वजेको समयमा आगलागी भएको बताइएको  ।

घर नजिकै रहेको खरको आरनमा बसेर काम गर्ने स्थानबाट आगो सल्केको थियो।  दिउसो खेल्दै गर्दा बालबालिकाले आगो लगाएको हुनसक्ने स्थानीय  सोबेन्द्र शर्माले  जानकारी दिए । 
आगलागी हुदाँ घरमा भएको सबै अन्नपात, लत्ताकपडा, काठ पुरै जलेर नष्ट भएको छ ।  अहिले छोराको घरमा उक्त परिवार बसेका छ ।  थप क्षतीको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top