होमपेज / समाज
इन्द्र बुढाथोकी जेठ १९, सल्यान
सल्यानमा क्वारेनटाइको अभाव भएपछि भारतबाट आएका नागरिकहरु त्रिपालमुनी बस्न बाध्य भएका छन । जिल्लाको बनगाड कुपिण्डे नगरपालिमामा क्वारेनटाइनको क्षामता भन्दा बढी नागरिक भारतबाट आएपछि खुल्ला चौरमा त्रिपालमुनी बस्न बाध्य भएका हुन । सुर्खेत
१८ वटा विद्यालयमा निमार्ण गरिएको क्वारेनटाइनमा नागरिकहरु नअटेपछि बाध्य भएर खुल्ला चौरमा पालमा राख्न बाध्य भएको मेयर गोविन्द कुमार पुनले बताए । उनले भने ‘नगरपालिकामा भएका सबै सरकारी भवनमा क्वारेनटाइनमा भरी भराउ छन् खुला चौरमा राख्नु बाहेक अर्को विकल्प छैन ।’
प्रदेश सरकारसँग ट्यान्ट माग गरिए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको मेयर पुनको भनाई छ । प्रदेश सरकारले ट्यान्ट उपलब्ध गराएका नागरिकहरुलाई सहज रुपमा व्यवस्थापन गर्न सजिलो हुने उनको भनाई छ । उनले भने ‘एकै पटक १२ सय भन्दा बढी नागरिक आएका पछि व्यवस्थापन गर्न निकै समस्या भएको छ ।’
नगरपालिकाका १८ विद्यालयमा १२ सय बढी नागरिक बसी रहेको उनको भनाई छ । क्वारेनटाइनको अभावकै कारण एउटै कोठामा २० देखी २५ जनासम्म बसाल्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।
दुई क्वारेनटाइनमा रहेका ३५ जनामा कोरोना पोजेटिभ देखिएपछि झनै व्यवस्थापन समस्या भएको उपमेयर मञ्जु यरीले बताइन । क्यारेनटाइनको मापदण्ड भन्दा पनि कसरी नागरिकलाई व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउन थालेको उनको भनार्इं छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका पछिल्लो समय कोरोनाको इपिसेन्टर भएको छ । संक्रमितको संख्या बढ्दै जानथाले पछि एक विद्यालयलाई आइसोलेसन बनाउने तयारी भइरहेको यरीको भनाई छ ।





.jpg)