होमपेज / समाज
सरिता चलाउने जेठ १८, सल्यान
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा भारतबाट आएका १ सय ८१ जनालाई क्वारेनटाइनमा राखिएको छ । बन्दाबन्दीको बिचमा जिल्ला प्रवेश गरेका आफ्ना नागरिकलाई क्वारेनटाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार वडा न २ मा रहेको कैलाश बालविकास केन्द्रमा ९ महिला र २५ पुरुष ३४, वडा न २ कै आमा समूहको भवनमा ३ जना , वडा न ३ का निराजन मावि ढोरचौरमा १८, बालकल्याण आधारभुत विद्यालय फलाटेमा २० शान्ति सुन्दर माध्यमिक विद्यालय खार्बनमा ७ जना रहेका छन् ।
यस्तै युवा जनता आधारभुत विद्यालय दारिमटाकुरामा २०, नेरा माध्यमिक विद्यालय छापडाँडामा ५७ जना र हिमालय आधारभुत विद्याय माझखर्कमा २३ गरी १ सय ८१ जना क्वारेनटाइनमा बसी रहेको सिद्ध कुमाख गाउँपालिकाका सूचना अधिकारी भीम भण्डारीले बताए ।





.jpg)