होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान १८ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोनाको संक्रमण बढे सङ्गै बिरामी बोक्नलार्इ सल्यानको छत्रेश्वरी गाउपालिका बाट एम्बुलेन्स उपलब्ध गराएको छ । स्थानीय निर्वाचन भएको तीन वर्ष विति सक्दा समेत जनप्रतिनिधिहरुले सडक खन्ने तिर मात्र ध्यान दिदा अहिले अर्को गाउँपालिका बाट मागेर एम्बुलेन्स ल्याउनु पर्ने बाध्यता भएको छ ।
स्थानीय तह भएको ३ बर्ष वित्दा समेत नगरले एम्बुलेन्स खरिद नगर्नु भनेको ठुलो विडम्बना भएको स्थानीयको भनाई छ । नाम नबनाउने शर्तमा एक स्थानीयले भने विपत्ति तथा महामारीमा नागरिकको लागि चाहिने भनेको अस्पताल र एम्बुलेन्स हो । तर हाम्रो ध्यान सडकमै पुग्यो । एउटै गाउँमा पुग्ने ४र५ ठाउँबाट सडक खनियो, जनप्रतिनिधिलाई छरितो स्वास्थ्य सुविधा र अत्यावश्यक चिज नागरिकका लागि चाहिने साधनतर्फ कसैले ध्यान दिएनन ।
भारतबाट भित्रिएका नागरिक १२ सय पुगि सकेका छन् सल्यानमा । उनीहरुको पिसिआर चेकजाँचको रिपोर्ट आउन ढिलाई भएको छ । १ हप्ता अघि गरिएको पिसिआर चेकजाँचको ३ सय ९३ जनाको रिपोर्ट आउन अझै ढिला भएको छ ।





.jpg)