होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान १३ जेष्ठ २०७७
सल्यानमा फेद कटुवा र फौजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित हुन थालेका छन् । बारीमा लगाएको मकैको फेद किराले काट्न थालेपछि किसानहरु चिन्तित हुन थालेका हुन् ।
साथै फौजी किराले मकैको गुवो काटिदिने गरेको हो । दुई–तीन पात टुसाउँदै गरेको मकैको बिरुवा जमिनभित्रै रहेको फेद कटुवा किराले खाइदिँदा बिरुवा मर्न थालेको शारदा नगरपालिका १ चैवाङका चन्द्र बहादुर बुढाथोकीले बताए । टुसाउँदै गरेको मकैको बिरुवा ओइलिएर मर्न थालेपछि खोतलेर हेर्दा किरा भेटिने गरेको उनको भनाई छ ।
जमिनभित्र भेटिने किराले मकैको बिरुवाको जमिनमुनीको फेद खाइदिँदा बिरुवा टुक्रिएको अवस्थामा भेटिने गरेको किसान बताउँछन् । लकडाउनको बेला राम्ररी उम्रन नपाउँदै कटुवाले मकैको बिरुवामा आक्रमण सुरु गरेपछि किसान चिन्तित बनेका छन् ।
यस्तै बनगाड कुपिण्डे नगरपालिकामा लगाएको मकैमा अमेरिकन फौजी किराको प्रकोप बढिरहेको छ । फौजी किराको प्रकोप बढदा किसान समस्यामा परेका छन । मकै गोडमेल गर्न लागेको समयमा मकैमा फौजी रोग लागेपछी किसानहरुलाइ कसरी रोग निर्मुल पार्ने सकिन्छ भने विषयमा चिन्तित बनाएको बनगाड कुपिण्डे नगरपालिका ४ का देव बहादुर रानाले बताए उनले भने मान्छेलाइ कोरोनाले सताइरहेको बेला मकै बालिकामा पनि फौजी किराले सताईरहेको छ । यता कोरोनाका कारण आफुहरु के हुने हो यदि बाचिएछ भने पनि फौजी किराका कारण मकै खान नपाइने रानाले बताए
मकै बालीबाट राम्रो आम्दानी लिने सोंच बनाएका किसानहरू फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो की भन्ने चिन्तित बनाएको उनले बताए ।
बन्न पुगेका छन् । अमेरिकन फौजी किराले मकै बालीलाई धेरै मनपराउने गर्छ ।
मकैको गुवो सबै खाइदिएकाले अब त्यसबाट मकै फल्ने सम्भावना कम रहेको अर्का किसान लोकबहादुर विसिले बताए । बैशाखमा लगाएको मकैमा फौजी किरा लाग्यो अब पानी परे पछी पुन मकै लाउने सोच बनाएका छौ उनले भने भोकमरी पर्ने अवस्था आउँछ ।
यता कृषि शाखा प्रमुख टीका जैसिका अनुसार फौजी किराको बारेमा खासै किसानले समस्या ल्याएर अहिले सम्म कोहि नआएको र यदि आएमा पनि त्यसको लागि कार्यालयमा औषधि नभएको बताइन । उनका अनुसार वेल्टामेट्रीन विषादी प्रयोग गरी कम गर्न सकिन्छ । । बिषादिको।लागि आफुले जिल्लामा पहल गरिरहेको समेत उनले बताएकी छन ।
कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले फौजी किरा र फेद कटुवा किरालाई घरेलु र विषादीको प्रयोग गरी नियन्त्रण गर्न सकिने बताए ।






.jpg)