ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा कृषि हाटबजार सञ्चालनमा आउने

  सरिता चलाउने २०७७ जेठ १२ गते सोमबार १४:४६:०६ मा प्रकाशित

सरिता चलाउने १२ जेठ २०७७, सल्यान 
किसानले लगाएको तरकारी लकडाउनका कारण बारीमै कुहिन थालेपछि सल्यानमा हाटबजार सञ्चालनमा आउने  भएको छ । तरकारीका लागी पकेट क्षेत्रका रुपमा परिचित रहेको जिल्लाको कपुरकोट क्षेत्रका किसानहरुले लगाएको तरकारी बारीमै कुहिन थालेपछि गाउँपालीकाले बजार सम्म ल्याउन र जिल्ला बाहिर पठाउनको हाटबजार सञ्चालन हुने भएको हो । 


बन्दाबन्दीका कारण लामो समय देखि हाटबजार नलाग्दा र तरकारी जिल्ला बाहिर पठाउन नसक्दा किसाहरुको तरकारी बारीमै कुहिएकाले  यहि जेठ २० गतेदेखि हाटबजार संचालन गर्ने तयारी गरिएको कपुरकोट कृषि उपज बजार सञ्चालक समितिका सचिव तिलक शर्माले बताए । लामो समयको बन्दाबन्दीका कारण व्यवसायिक तरकारी खेती गर्दै आइरहेका किसान मारमा पर्दै आइरहेका छन् । सुरक्षित ढंगले तरकारी निर्यात गर्न प्रयास गरिएको उनको भनाई छ । 


कपुरकोट गाउँपालिकाको सहयोगमा बजार सम्म ल्याउन र जिल्ला बाहिर पठाउन सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए ।  उनले किसानहरु आफैले ब्यापारीहरु खोज्ने र  किसानले प्रयोग गर्ने मालबाहक सवारी साधनहरुको परिचालन गर्नुपर्ने र ब्यक्तिहरुको बिवरण खुलाई गाउँपालिकामा सिफारिस गर्नुपर्ने बताए । 


तरकारी जिल्ला बाहिर पठाउदा प्रयोग गरिने गाडी स्वास्थ्य शाखासँग समन्वय गरेर मात्र कपुरकोट कृषिबजार संचालक समितिले काम गर्ने सहमति भएको छ  । तरकारी ढुवानी गर्दा बाहिरी जिल्लाबाट लेवरहरु ल्याउन नपाइने र गाडीमा चेकजाँच तथा सुरक्षित सामाग्रीको प्रयोग गरेर मात्र पठाईने कपुरकोट गाउँपालीकाले जनाएको छ । 
कपुरकोट गाउँपालिकाबाट मात्र वार्षिक १८ करोड बढीको तरकारी जिल्ला बाहिर निर्यात हुने गर्दछ । सल्यानको तरकारी वुटवल, धनगढी, पोखरा, चितवन, नेपालगञ्जसम्म जाने गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top