ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्य परीक्षण बिनै सल्यान भित्रिए भारतबाट ९८ जना

  इन्द्र बुढाथोकी २०७७ जेठ १० गते शनिबार ०७:५३:५५ मा प्रकाशित

इन्द्र बुढाथोकी  सल्यान १० जेष्ठ 
 रोजगारिको सिलसिलामा भारत गएको बनगाड कुपिण्डे नगरपालिका नागरिक शनिबार विहानै घर फर्किएका छन । २ /३  दिन देखि रुपैडिया नाकामा अलपत्र नागरिक आज बिहानै घर फर्किएका हुन । बनगाड कुपिण्डे नगरपालिकाका ८४ जना कुमाख गाउपालिका ११ जना र रुकुम पश्चिमका ३ जनागरी जम्मा ९८ जना बनगाड आएका हुन । 


उनीहरुलाइ अहिले जनता प्राथमिक विद्यालय बस्नेउरा आपखोलिमा राखिएको छ । भारत बाट पनि ४ हजार रुपैया भाडा तिरेर आएको र अहिले नेपालमा आफ्नो देशमा आए पनि १ हजार रुपैयाँ भाडा तिरेर आएको बनगाड कुपिण्डे नगरपालिका ४ शरद बिष्टले बताएका छन । 


उनले भने आफ्ना देशमा आउदा पनि स्थानीय सरकारले व्यवस्था गरिदिनु भए आफुले भाडा ऋण काडेरपर्ने थिएन लोकेन्द्र विकले बताए । उनका अनुसार आफू सङ्ग पैसा नहुदा साथीहरू बाट ऋण करेर आएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top