ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिकाले क्वारेन्टाइन विस्तार गर्ने

  इन्द्र बुढाथोकी २०७७ जेठ ९ गते शुक्रबार २१:०६:३४ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान ९ जेष्ठ 
जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले  क्वारेन्टाइन विस्तार गर्ने भएको छ ।

शुक्रबार  बसेको कार्यपालिकाको आपतकालीन बैठकले क्वारेन्टाइन विस्तार गर्ने निर्णय गरेको ५ न वडा अध्यक्ष कमल विकले जानकारी दिए । रोजगारीको सिलसिलामा भारतको विभिन्न ठाउँबाट आफ्ना नगरपालिकामा नागरिक भित्रीने क्रम बढिरहेको भन्दै आपतकालीन बैठकले क्वारेन्टाइन विस्तार तथा भएका क्वारेन्टाइन व्यवस्थापन गर्ने निर्णय गरेको नगर उप प्रमुख मन्जु यरिले बताइन ।

यस्तो महाविपत्तीको  समयमा नगरपालिका सम्पुर्ण जनतालाई आआफ्नो ठाउबाट सहयोग गरि आफू पनि बचौ अरुलाइ पनि बचाउन लाग्न नगर प्रमुख गोविन्द कुमार पुनले बताए  । नगरपालिकाका विभिन्न क्वारेनटाइनमा अहिले झन्डै पाँच सय नागरिक बसी रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top