होमपेज / समाज
इन्द्र बुढाथोकी ९ जेठ २०७७,सल्यान
भारतमा मजदुरी गर्न पुगेका नागरिक आ–आफ्नो घर फर्किने क्रम बढेको छ ।
भारतबाट फर्केका सुर्खेत सिम्ता गाउपालिका केही नागरिकलाई वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरी सहितको टोलीले कर्णाली प्रदेशको सिमाना बबईबाट ल्याएको छ । त्यहाँ सबैको आरडिटि चेकजाँच भएको र सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सुरक्षित साथ सिम्ता गाउँपालिका ल्याई क्वारेन्टाइनमा राखिएको छ ।
१४ जनाको तत्काल चेक गर्ने गाउपालिकाले जनाएको छ । आफ्ना गाउपालिका भित्रका नागरिक ल्याउनको लागि सिम्ताका युवा व्यवसायी तथा निर्माण व्यवसायी, नेकपा सिम्ताका पार्टी सदस्य सिम्ता गाउँपालिका वडा नं ४ नाड निबासी जलावादेवि निर्माण सेवा मालिक विरेन्द्र सिंह ठकुरीले यातायात सहयोगमा गरेका थिए भने यस भन्दा अगाडि गाउँपालिकाको राहत कोषमा १ लाख रुपैया जम्मा गरेका थिए । भारतबाट आएर बबईमा अलपत्र परेका ४२ जना सिम्ताली नागरिकलाई बस रिजर्भ गरी भानु मावि बजेडीचौरमा स्थापना गरेको क्वारेन्टाइनसम्म पुरयाइएको छ ।
आफ्ना नागरिक ल्याउन लागि वडा अध्यक्षसहितको टोली बबई पुगेको थियोे । देशभित्र आएसकेपछि नागरिक अप्ठेरोमा नपरुन भनेर गाडीको व्यवस्थापन गरी जम्बो टोली प्रदेश सिमानाका बबई पुगेको थियोे । सिम्ताको भानु मावि वजेडिचौर र वागेश्वरी मावि राकममा गरी १ सय १ जना क्वारेन्टाइनमा रहेको गाउँपालिकाले जनाएको छ ।
सिम्ता गापा ६ नं वडा अध्यक्ष राजेन्द्र सिहको नेतृत्व र युवा व्यवसायी विरेन्द्र सिहको अर्थिक सहयोगमा एउटा बस र गापाको टिप्पर सहित असई विजय पुन, युवा गणेश सोनि, मनोज शाह र गा.पा कर्मचारी चन्द्रबहादुर शाही सहितको टिम गएको थियो ।





.jpg)