ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिकामा चार सय दश जनाको आरडिटी परीक्षण : रिर्पोट नेगेटिभ

किटको अभाव

  इन्द्र बुढाथोकी २०७७ जेठ ९ गते शुक्रबार १६:५४:१८ मा प्रकाशित

इन्द्र बुढाथोकी ९जेठ २०७७,सल्यान
बिहिबार भारतबाट आएका चार सय दश जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट) आरडिटी परीक्षण गरिएको छ ।

परीक्षण गरिएको सबैको रिर्पोट नेगेटिभ आएको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।

प्रभाकर माध्यमिक विद्यालयको क्वारेनटाइनमा बसी रहेका २ सय ५३ जना र बनगाड क्याम्पसको क्वारेनटाइनमा बसी रहेका १ सय ४७ जनाको आरडिटी परिक्षण गरिएको नगरपालिका स्वास्थ्य संयोजक बासुदेव पोख्रेलले बताए । स्वास्थ्य कार्यालय र नगरपालिकाको समन्वयमा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको उनको भनाई छ । 


आरडिटी परिक्षण गरिएका सबैलाई १४ दिनसम्म क्वारेनटाइनमा राखिने र नियमित स्वास्थ्य जाँच गरिने पोख्रेलको भनाई छ । परीक्षण गरिएको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । १४ दिनपछि सबैको पीसिआर गरिने उनले बताए । 


भारतमा रोजगारीका लागि सल्यानबाट झन्डै १८ हजार बढी गएको तथ्यांक रहेको छ । १८ हजार मध्ये हालसम्म १ हजारको बिचमा आएको र अझै ७ देखि ८ हजारसम्म आउने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 


किटको अभाव 
सल्यानमा आरडिटी किटको अभाव भएको छ । किटको अभाव हुँदा भारतबाट आएका १० जनाको स्वास्थ्य परीक्षण रोकिएको छ । 
किटको अभाव भएपछि भोली जाँच गर्ने तयारी गरिएको पोख्रेललको भनाई छ । प्रदेश सरकारलाई पीसिआर र आरडिटी किट उपलब्ध गराउन आग्रह गरिएको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top