होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान ९ जेष्ठ
रोजगारीको शिलशिलामा भारत गएका बनगाड कुपिण्डे नगरपालिका नागरिकलाई विभिन्न ठाँउमा क्वारेन्टाइन बनाएर राखिएको छ । बनगाड क्याम्पस १५३ जना, प्रभाकर माध्यमिक विद्यालयमा मा २ सय ७० जना राखिएको छ । कपुरकोट नाकाबाट आएका ३६ जनालाई नव ज्योती माध्यमिक विद्यालय बाबियाचौरको क्वारेनटाइनमा राखिएको छ ।
क्वारेनटाइनमा बसेकमा कुमाख गाउँपालिका र बागचौर नगरपालिका नागरिक समेत रहेका छन । उनीहरुलाई सम्बन्धित पालिकामा पठाइने नगरपालिकाले जनाएको छ । क्वारेनटाइनमा बसेका नागरिकहरुको स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख गोविन्द पुनले बताए ।
बनगाड कुपिण्डे नगरपालिका नारायण विसिका अनुसार ५ दिन देखि रुपैडियामा क्वारेन्टाइनमा बसेको र भोकै नेपाल आएको उनले बताएका छन । उनलाई भारत बाट आएका सबैलाइ खानेपानी, चिउरा, चाउचाउ लगाएत २५ हजार बराबरको खाजा नास्ताको व्यवस्था जिल्ला समन्वय समिति सदस्य आशा वलि र तिलक बुढाथोकीले सहयोग गरेका छन् । धेरै दिनदेखि भोकै बसेको सुने पछि सानो सहयोग गरेको आशा वलीको भनाईं छ ।
उनिहरुले नेपालगन्ज बाट १ हजार देखि १५ सय सम्म भाडा तिरेर आएका छन ।





.jpg)