होमपेज / समाज
न्द्र बुढाथोकी सल्यान ८ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा वडा न ६ सुनौली बजारमा पहिलो पटक बिजुदी बत्ती पुगेको छ । बजारमा पहिलो पटक बिजुली पुगे पछि स्थानीय निकै खुशी भएका छन् ।
चैत्र महिनामा बतत्त बाल्ने तयारी गरे पनि कोरोना भाइसरका कारण देश लकडाउनमा परेको कारण बति बाल्न नसकिएको नो लाइट बिधुत कार्यालय सल्लीबजारका प्रमुख लोकमान शाक्यले बताए ।
\सुनौलीबजार लगाए त्यस आसपासका २ सय घरधुरीलाई ११ केभीको लाइन वितरण गरिएको उनको भनाई छ । । बबिजुली बत्ति आएसँगै बनगाड क्याम्पस, वडा कार्यालय लगाएतको क्षेत्र लाभान्वित हुने भएका छन ।
बनगाड क्याम्पसमा क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाइ सहज हुन बताएको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउपालिका २ हजार घरधुरीलाई सेवा दिइरहेको प्रमुख शाक्यले बताए ।
३३ केभि लाइनमा सुर्खेतको बोटेचौर देखि बनगाड र सिम्ता ३ जना कर्मचारीले मात्र हुँदा सेवा दिन समस्या हुने गरेको छ । कर्मचारी अभावमा पनि आफुहरुले ग्राहकहरुला हरपल सेवा दिइरहेको शाक्यको भनाई छ । स्थानीय धन बहादुर सिहले आफुहरुलार्इ बजारमा वतत्त आउदा असाध्य खुसी भएको बताए । वषौं देखि बिजुली बत्तिको आशामा बसेको अहिले पूरा भएको उनले बताए ।





.jpg)