ट्रेण्डिङ

होमपेज / समाज

माझखर्क दुरुमखोला सडक काम तिब्र गतिमा

  इन्द्र बुढाथोकी २०७७ जेठ ७ गते बुधबार २१:१२:१६ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान ७ जेष्ठ 
 कोरोना भाइरसका कारण देश थप्प भइ रहेको समयमा सल्यानमा भने विकास निमार्णका काम अघि बढि रहेका छन् । जिल्लाको  बनगाड कुपिण्डे नगरपालिका १२ निगाल्चुलाको माझखर्क कोल्टिओडार दुरुमखोला सडक  निमार्ण तिब्र रुपमा अघि बढी रहेको छ । 


 सल्यान प्रदेश सभा ख का सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आफ्नो निर्वाचन क्षेत्रमा २० लाख बजेटमा सडक निमार्ण सुरु गरिएको छ  । उक्त सडकको काम सुरु गरिएको बनगाड कुपिण्डे नगरपालिका  १२ न वडा अध्यक्ष गोविन्द डाङ्गिले बताए । मन्त्री ज्वालाले बिनियोजन गरेको बजेट बाट दुरुमखोलामा पुग्ने भए पछि त्यसठाउका स्थानीय खुसी भएका छन । 


बनगाड कुपिण्डेको विकट वडा भनिएको उक्त वडा कार्यालय बाट दुरुमखोला टोलमा जान सहज हुने उपभोक्ता समितिका अध्यक्ष कृति बहादुर केसिले बताएका छन ।
लकडाउनको बिचमा पनि  नगरपालिकामा योजनाहरु सन्चालन भैरहेको  बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ । सम्पन्न भएको  योजनाको भुक्तानी पनि भइरहेको जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top