ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका स्थानीय तहले पाँच हजार भिटिएम खरिद गर्ने

  सरिता चलाउने २०७७ जेठ ७ गते बुधबार १७:१२:५५ मा प्रकाशित

सरिता चलाउने जेठ ७,सल्यान 
सल्यानका स्थानीय तहले कोरोना भाईरस जाँचका लागि पाँच हजार भिटिएम किट खरिद गर्ने भएका छन् । भारत लगायत शंकास्पद ठाउँवाट आएका ब्यक्तिहरुको जाँच गर्न आवश्यक  पर्ने स्वाव संकलनका लागि भिटिएम खरिद गर्ने  जनाएका छन् ।


जिल्ला विपद ब्यवस्थापन समिति सल्यानको वैठकमा सहभागि स्थानीयतहका प्रमुखहरुलले  भारत लगायत तेस्रो मुलुक र अन्तरजिल्लामा सल्यानका १६ हजार  नागरिक रोजगारीका लागि गएका केहि फकर्ने तयारीमा रहेकोले पिसिआर जाँच पछि मात्रै घर पठाउन उपयुक्त हुने भएकाले  भिटिएम खरिद गर्ने निणर्य गरेको जनाएका छन ।
विश्वमा फैलिरहेको कोभिड १९को रोकथाम नियन्त्रणलाई प्रभावकारी वनाउन भारत लगायत अन्य मुलुकवाट भित्रिने  शकास्पद ब्यक्तिहरुको परीक्षणको लागि भिटिएम अभाव भएकाले १० वटै स्थानीय तहले कम्तीमा ५ सयका दरले भिटिएम खरिद गर्ने निणर्य गरिएको छ ।


  दार्मा गाउँपालिका अध्यक्ष निमवहादुर केसीले क्वारेनटनमा धेरै राख्नु भन्दा  पिसिआर जाँच गरी नेगेटिभ नतिजा आएमा होम क्वारेन्टिनमा राख्न उचित हुने भएकाले वाहिर आएका ब्यक्तिहरुलाई पिसिआर जाँच गरेर मात्र घर पठाईने बताए ।


सल्यानका सवै स्थानीय तहले  विपद पूर्वतयारी एवंम  प्रतिकार्य योजना वनाउने भएका छन् । उनिहरुले कोभिड १९ लाई ध्यान दिएर पहिले वनाएका प्रतिकार्य योजनालाई अघि वढाउने निणर्य गरीएको छ  । प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीले  मनसुनजन्य पूर्व तयारीको रणनीति र कार्यनीतिलाई परिमाजर्न गरी कोभिड १९ को परिपेक्षमा परिमार्जन गर्ने स्थानीय तहले काम गर्ने  वताए  । वाढी पहिरो, आगलागी जस्ता विपदलाई ध्यान दिएर योजना वनाईने छ उनले भने  ।


वन्दावन्दीको समयमा जिल्ला वाहिरवाट आएका ब्यक्तिहरुको जानकारी लिन प्रत्येक स्थानीयतहले अनुगमन समुह गठन गरी परिचालन गर्ने निणर्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top