होमपेज / समाज
इन्द्र बुढाथोकी जेठ ७,सल्यान
सल्यानमा भेरी नदीमा वेपत्ता बालिका तीन दिनपछि मृत्त फेला परेकी छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ घाटगाउा निवासी १० वर्षिया लक्ष्मी विक मंगलबार मृत्त फेला परेकी हुन ।
उनको शव सुर्खेत गुर्भाकोट नगरपालिका ९ तल्लो बोटेचौर स्थित भेरी नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।
आइतबारी भेरी नदीमा पानी ल्याउन गएकी विक नदीमा डुवेर वेपत्ता भएकी थिइन । शवलाई पोष्टमार्टमका लागि सुर्खेत मेहलकुना अस्पतालमा राखिएको प्रहरीको भनाई छ ।





.jpg)