ट्रेण्डिङ

होमपेज / समाज

सयौंं नेपाली भारतको रुपैडियामा अलपत्र

  इन्द्र बुढाथोकी २०७७ जेठ ५ गते सोमबार १८:५५:५३ मा प्रकाशित

इन्द्र बुढाथोकी जेष्ठ ५ सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिकाका रोजगारीको लागि भारतका विभिन्न स्थानमा  पुगेका उनीहरुको अहिले सिमा नाक रुपैडियामा अलपत्र परेका छन्  । ३ तीन अघि घर फर्कने भनी सिमाना नाका रुपैडियामा आइ पुगेका समस्यामा परेको बनगाड कुपिण्डे नगरपालिका ४ का महेन्द्र बुढाले जानकारी दिएका छन ।

लकडाउनका कारण भारतमा गएको समयमा खाना बस्नको समस्या भए पछि ट्रक तथा बसमा फर्किएका उनिहरु अहिले सिमावत्ती पिजि कलेज वहराइह पान्डेनगर जैतापुरमा राखिएको बुढाले बताए ।  यस क्षेत्रमा मात्र १२७ जना रहेको र अन्य ठाउहरुमा पनि थुप्रै नेपालीहरु ट्र्क बसमा आएकोले अहिले खाना बस्नको समस्या भएको उनले बताए  । लामखुट्टे टोकाई बाट न राम्रो सङ्ग बस्न सकिन्छ न सुत्न नै सकिन्छ उनले भने त्यसमा झन राम्रो सङ्ग खाना पनि नपाएको उनले बताएका छन ।


लकडाउनका कारण भारतको विभिन्न स्थानबाट नेपालीहरु सिमा नाकामा आउने क्रम ह्वात्तै वढेको छ ।दैनिक दिन भारतिय  ट्रक, बसले नेपालीहरुलाई  सिमा नाकामा ल्याउदै छाड्दै गर्ने गरेको छ । सिमा नाकामा आएर नेपाल भित्रन नपाएका नेपालीहरुको अवस्था विजोग वनिरहेको छ । खाना र बस्न समेतको उनीहरुलाई व्यवस्थापन नहुदा दैनिकी कष्टकर बनेको बुढाको दुखेसो छ ।

 नगर प्रमुख गोविन्द कुमार पुनले भने एक हप्ता सिमा नाकाको क्वारेन्टाइन राख्ने र त्यँहा स्वास्थ्य परिक्षण पछि सम्बन्धित ठाउँको जिल्ला प्रशासनले जुन ठाउको व्यक्ति छन सोही जिल्ला प्रशासनलार्इ खबर गर्ने बताए  । आफ्ना नागरिकहरुलाइ सुरक्षीत  ल्याएर १४ दिन क्वारेन्टाइन राखेर स्वास्थ्य परिक्षण गरेर मात्र घर पठाउन सकिने नगर प्रमुख पुनले बताए । उद्दरको लागि आँफुले पहल गरिरहेको समेत बताए  । प्रमुख जिल्ला अधिकारीसँग समन्वय  गरेर मात्र ल्याउन सकिने नगर प्रमुख गोविन्द कुमार पुनले बताए । 

सम्बन्धि जिल्ला र स्थानीय तहलाई यथासक्य चाडैं उद्दार गरिदिन उनीहरुले अपिल गरेका छन् । कोचाकोच गरि वस्नुपर्ने बाध्यताका कारण समस्या समेत निम्तिने गरेको उनीहरुको भनाई छ । सिमाना रुपैडिया आइपुगेका उनीहरुलाई ४ किलोमिटर भारतकै स्थानमा राखिएको छ । मजदुरी गर्न भारत पुगेका उनीहरु काम गर्ने ठाउँमा समेत खान नपाउँदा बाध्य भएर ट्रकहरुमा कोचिएर धमाधम आउन थालेका छन् । उक्त समस्या समाधानका लागि नेपाल सरकारलाई जतिसक्दो चाँडै पहल थाली नेपाल भित्र्याइदिन अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top