होमपेज / समाज
इन्द्र बुढाथोकी जेठ ५,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका १ मा एक बालिका भेरी नदीमा वेपत्ता भएकी छन् ।
नगरपालिका १ घाटगाउँकी १० वर्षिया लक्ष्मी विक वेपत्ता भएकी हुन । आइतबार बेलुका भेरी नदीमा पानी ल्याउन जाँदा नदीमा डुवेर वेपत्ता भएको स्थानीयले बताएका छन् ।
धमिलो भेरी भएकाले खोजी कार्य गर्न समस्या भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । वेपत्ता बालिकाको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।





.jpg)