होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान ४,सल्यान
बनगाड कुपिण्डे नगरपालिका भित्रका रोजगारीको सिलसिलामा ६ हजार बढी छिमेकी देश भारतमा रहेको पाइएको छ । रोजगारीको क्रममा भारतका विभिन्न स्थानमा रहेको तथ्यांक सार्बजनिक गर्दै त्यी नागरिकहरु नेपाल फर्कने क्रम चलिरहेकोले थप क्वारेन्टाइन व्यवस्थापन गर्ने लागिएको नगर प्रमुख तथा नगर विपद व्यवस्थापन समिति अध्यक्ष गोविन्द कुमार पुनले जानकारी दिए ।
नगरपालिकाका विभिन्न वडाका गरेर ६ हजार ८६ जना भारतमा रहेको छन । रोजगारीको शिलशिलामा भारत पुग्नेमा १ न वडामा १ हजार ५० जना, २ नम्बर वडमा ६ सय ६७ जना, ३ नम्बर वडामा ९ सय ६९ जना, ४ नम्बर वडामा ५ सय ७९ जना, ५ नम्बर वडामा ६ सय ३४ जना रहेका छन् ।
यस्तै ६ नम्बर वडामा ४ सय ९८ जना, ७ नम्बर वडामा ३ सय ५१ जना, ८ नम्बर वडामा ५ सय ४१ जना, ९ नम्बर वडामा ३ सय ४५ जना, १० नम्बर वडामा १ सय ३७ जना, ११ नम्बर वडामा १ सय ७५ जना र १२ नम्बर वडामा १ सय ३० जना रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।
साथै नगरपालिका भित्रका खाद्य पसल हप्तामा ३ दिन खोलिने भएको छ । आइतवार, विहिवार र शुक्रबार विहान ६ वजे देखि ९ बजेसम्म र बेलुका ४ वजे देखि ६ वजे सम्मको समय तोकिएको छ ।
अत्यावश्यक औषधि पसलहरु नियमित खुल्ने र तरकारी पसलहरु भने नियमित तथा खाद्य पसल खुल्ने समय अनुसार दैनिक सञ्चालन गर्ने निर्णय जनाएको छ । यसैगरी नगरपालिका भित्रका केही व्यक्ति रुपैडिया नाकामा आइसकेको र उनिहरुलाइ उदारको लागि पहल गर्न आग्रह गरेका छन ।
नगरपालिकामा भएका २० जनाको आरडिटि परिक्षण र स्वाव संकलन
बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइन बसेकाहरुको आरडिटि परिक्षण र स्वाव संकलन गरिएको छ । जिल्ला अस्पताल सल्यानको प्रविधिक सहयोग र बनगाड कुपिण्डे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अन्तर जिल्लाहरु बारा, धादिङ, रामेछापबाट आएका ११ जनाको आरडिटि चेकजाँच गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
यस्तै भारतबाट आएका ७ जना र बाराबाट आएका २ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिएका छन । प्रभाकर माद्यामिक बिद्यालयमा रहेको क्वारेन्टाइनमा वसेका उनीहरुको आरडिटि परिक्षण तथा स्वाव संकलन गरिएको हो ।





.jpg)