ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिकामा थप दुई स्थानमा क्वारेनटाइन निमार्ण गरिदै

  इन्द्र बुढाथोकी २०७७ जेठ ३ गते शनिबार १९:२६:०६ मा प्रकाशित

इन्द्र बुढाथोकी ३ जेष्ठ २०७७ 
 सल्यानको  बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा १३ जना थपिएका छन् । हिजो र आज मात्र १३ जना आएको नगरपालिकाले जनाएको छ  ।

क्वारेन्टाइनमा नगरपालिका भित्रका भारतबाट आएका १२ जना,  काठमाडौ ६ जना, बारा बाट २ जना गरि अहिले २० जना  रहेको  नगर उप प्रमुख तथा क्वारेन्टाइन व्यवस्थापन समिति सयोजक मन्जु यरिले बताइन  । केही समय अगाडि क्वारेन्टाइन रहेका ६४ जनालाई स्वास्थ्य परिक्षण पछि घर पठाएको उनको भनाई छ ।  


 छिमेकी देश भारत तथा विभिन्न ठाउबाट आएकोलाइ क्वारेन्टाइनमा राख्नको लागि बनगाड कुपिण्डे नगरपालिका वडा न ६ सुनौली बजारमा रहेको बनगाड क्याम्पस र बनगाड कुपिण्डे नगरपालिका वडा न ८ मा रहेको नव ज्योती मावी बाबियाचौरमा बनाउने तयारी गरिएको संयोजक यरिले जानकारी दिइन 

प्रतिक्रिया

सम्बन्धित खवर

Top