ट्रेण्डिङ

होमपेज / समाज

प्रहरीद्धारा १२ थान सोलार प्यानल बरामत

  सरिता चलाउने २०७७ जेठ २ गते शुक्रबार १७:२७:४२ मा प्रकाशित

सरिता चलाउने जेठ २,सल्यान 

सल्यानमा प्रहरीले बेवारिसे अवस्थामा फेला परेको सोलारका प्यानल बरामत गरेको छ । जिल्लाको बागचौर नगरपालीका वडा नम्बर ८ पातिहाल्नको जन्तीढुङगामा  फेला परेको १२ थान सोलारको प्यानल बरामद गरेको हो । 

बिहिबार पातिहाल्नको जन्तीढुङगाको जंगलमा बेवारिसे सोलारको पाता देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यलय थारमारेको टालीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ  । पातिहाल्नको जंगलमा १० वटा र हेलो नेपाल टावरको कार्यलयमा २ वटा सोलारका प्यानल फेला पारी बरामद गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । 


जंगलमा भेटिएको सोलार प्यानल कसको र कहाँ बाट आयो भन्ने थाहा नभएको उनको भनाई छ । 
सोलारको प्यानल जंगलमा भेटिएकाले कसैले चोरेर  जंगलमा फालेको हुन सक्ने प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top