ट्रेण्डिङ

होमपेज / समाज

आपखोली नजिकै शुक्रबार लाग्ने स्यानिपिपली मेला नलाग्ने

  इन्द्र बुढाथोकी २०७७ जेठ २ गते शुक्रबार १२:४७:३३ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान २ जेष्ठ 
 सल्यानको  बनगाड कुपिण्डे नगरपालिकाको वडा न १ र ६ को सिमान आपखोलीमा  शुक्रबार लाग्ने स्यानिपिपली मेला स्थगित भएको छ ।  कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी गरेको लकडाउन र यसबाट बच्नको लागी भिडभाडमा नजाने उत्तम उपाय भएकाले समेत यस बर्षको मेला नलाग्ने भएको हो ।


हरेक बर्ष कृष्णनवमीका दिन लाग्ने यस मेला विशेष गरि छेलो हान्ने मेलाका रुपमा परिचित छ । वढ्दै गएको कोरोना महामारीले विकराल रुप लिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै यस बर्ष भने मेला नलाग्ने भएको हो । स्यानपिपलीमा छेलो हान्ने र भलिबलको आयोजना गरिने र विभिन्न ठाउबाट मानिसहरु आउने गर्दथ्री ।


पछिल्लो समय स्यानीपिप्ली मेला छेलो हान्ने र विजेतालाई विशेष पुरस्कारको व्यवस्था समेत गरिएको हुन्थ्यो । छेलो हान्न कै लागि टाढा–टाढाबाट मानिसहरु मेला हेर्न आउने गर्दथेँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top