होमपेज / समाज
सरिता चलाउने जेठ १ २०७७,सल्यान
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा १० जनाको स्वाब संकलन र १७ जनाको आरडिटी परीक्षण गरिएको छ । रेड जोन घोषणा गरिएका विभिन्न जिल्लाबाट आउका १० जनाको स्वाब संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वाब संकलन गरिएका १० जनाको पीसिआर परीक्षणका लागि सुर्खेत पठाइएको सिद्ध कुमाख गाउँपालिकाका सूचना अधिकारी भीम भण्डारीले बताए । उनीहरुको केही दिनमा रिर्पोट आउने उनको भनाई छ ।
यस्तै क्वारेनटाइन तथा होम क्वारेनटाइनमा बसी रहेका १७ जनाको आरडिटी परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको भण्डारीको भनाई छ । गाउँपालिकाले यस अघि दुई पटक गरी ६० जनाको आरडिटी परीक्षण गरी सकेको छ ।





.jpg)