ट्रेण्डिङ

होमपेज / समाज

प्याजमा रोग लागेपछि किसान समस्यामा

  सरिता चलाउने २०७७ बैशाख ३१ गते बुधबार १७:५३:०८ मा प्रकाशित

सरिता चलाउने वैशाख ३१, सल्यान 
बारीमा रोपेको प्याजमा रोग लागेपछि किसान चिन्तित भएका छन् । व्यवसायिक प्याज खेती गर्दै आइरहेका किसानहरु प्याजमा रोग लागेपछि लगानी डुब्ने भन्दै चिन्तित हुन थालेका हुन । 
झन्डै एक सय ५० रोपनीमा व्यवसायिक प्याज खेती गर्दै आइरहेका बनगाड कुपिन्डे नगरपालिका १ नाम्रा किसानहरु प्याजमा रोगलागे पछि समस्यामा परेका छन् । लकडाउन तथा भारतबाट आउने प्याजमा प्रतिवन्ध लागेपछि व्यवसायिक खेतीमा लागेका नाम्राका किसानहरु रोग र किराले सताएपछि समस्यामा परेका छन् । 


प्याजको बोट पहेलो हुदै सुक्ने र किराले काटिदिन थालेपछि उत्पादनमा कमी आउने बनगाड कुपिण्डे नगरपालिका १ नाम्राका किसान विरबल खत्रीले बताए । १३ रोपनीमा प्याज खेती गरेका खत्रीले प्याजको डाँठ किराले काटि दिएको बताए । उनले भने गत वर्ष यहि १३ रोपनीमा ६० क्विन्टल उत्पादन गरेर विक्री गरेको हुँ तर यो वर्ष मुस्किलले २० क्विन्टल हुने अनुमान गरेको छु । 


अन्य हिउँदे बाली भन्दा प्याजको उत्पादन राम्रो हुने र लगानी पनि कम लाग्ने भएपनि किराले सताएको किसान कमल पोखरेलले बताए । नाम्राका झन्डै ६० घरले व्यवसायिक प्याज खेती गरी रहेको बताउदै उनले यो वर्ष मुस्किलले लगानी उठ्ने बताए । उनले भने विगतका वर्षहरुमा प्याजले राम्रो मुल्य पाएपछि गहुँ, मसुरो चना लगाउन छाडेर प्याज खेतीमा लागेका थियौ तर यो वर्ष लगानी उठाउन नै गाह्रो हुने भयो । 


नाम्राबाट मात्रै वार्षिक ४ सय देखि ५ सय क्विन्टलसम्म प्याज उत्पादन हुने गर्छ । बोटमा रोग लागेपछि प्याजको गाना निकै सानो लागेको किसानहरुको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top