ट्रेण्डिङ

होमपेज / समाज

हावाहुरीले विद्यालय र स्वास्थ्य चौकिको छाना उडायो

  इन्द्र बुढाथोकी २०७७ बैशाख ३० गते मंगलबार ०८:५७:४६ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान ३० बैशाख 
सल्यान आएको हावाहुरीले विद्यालय र स्वास्थ्य चौकीको छाना उडाएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा रहेको भेरी निन्न माध्यमिक विद्यालय गराको २ कोठे ट्रस्ट भवनको छाना  वडा नम्बर १२ को निगाल्चुलामा रहेको स्वास्थ्य चौकीको जस्तापाता उडाएको छ ।

असिना,पानी र हावाहुरीले निगाल्चुलाका केही भुभागमा तरकारी तथा फलफुलमा समेत क्षती पुर्‍याएको वडा अध्यक्ष गोविन्द डाँगीले जानकारी दिए ।  हावाहुरीको क्षती एकिनको लागि बनगाड कुपिण्डे नगर उप प्रमुख मञ्जु यरी, योजना अधिकृत धर्मराज ढकाल, इन्जिनियर महेश देवकोटाको टोलिले हावाहुरीबाट छेदविच्छेद विद्यालयको अनुगमन गरेका छन् ।

 निगाल्चुला स्वास्थ्य चौकी इन्चार्ज कमल ओलिका अनुसार स्वास्थ्य चौकिको जस्ता पाता उडाएको र कर्मचारीलेनै सामान्य मर्मत गरेर स्वास्थ्य चौकी भित्र पानी पस्न बाट बचाएको फेरि हावाहुरी तथा पानी आएमा स्वास्थ्य चौकीमा समस्या हुने बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top