होमपेज / समाज
सरिता चलाउने वैशाख १८, सल्यान
जिल्ला विपद ब्यवस्थापन समिति सल्यानको वैठक बिहिबार सम्पन्न भएको छ ।
कोरोना भाईरस रोकथाम नियन्त्र र उद्धार तथा राहतका लागि भएका काम र आगामी दिनमा गर्नु पर्ने कामका सन्दर्भमा छलफल भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको वैठकमा स्थानीय तहका प्रमुखहरुले आ आफ्ना गाँउ तथा नगरले अहिलेसम्म गरेका प्रयासहरुवारे जानकारी गराएका थिए ।
कर्णाली प्रदेशका आर्थिक मामिला योजना मन्त्री प्रकाश ज्वालाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सवै तहको सहकार्य जरुरी रहेको बताए । उनका अनुसार प्रदेश सरकारले प्रदेश, जिल्ला स्तरमा स्वास्थ्य उपचारको ब्यवस्था मिलाउनुका साथै स्थानीय तहलाई स्वास्थ्य समाग्री ब्यवस्था, राहत आदिको कामलाई योजनावद्ध रुपमा गरिरहेको छ ।
वैठकमा सहभागि स्थानीय तहका प्रमुखहरुले आर्थिक अभावमा कोरोना लगायतका विपद ब्यवस्थापनमा समस्या हुने जानकारी गराएका छन् । गाउँँ तथा नगरपालिकाले पहिले शिर्षक अनुसार वजेट विनियोजन गरी काम सुरु गरेकाले कोरोना भाईरस रोकथाम र राहत उद्धारमा आर्थिक समस्या भएकाले ब्यवस्था सुझाव दिएको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया विएमले वताइन ।
उनका अनुसार रोजगारीका लागि तेश्रो मुलक र देशकै अन्य जिल्लावाट आएका ब्यक्तिहरु क्वारेन्टाईमा राख्न समस्या भएकाले नाकामै चेकजाँच गरेर भित्र आउने ब्यवस्था गर्न सवैले आग्रह गरेका थिए ।
विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले वैठकमा कोरोना भाईरस रोकथाम ,नियन्त्रणका लागि भएको वन्दावन्दीको प्रभाकारी कार्यान्वयन, हाल सम्म भएका प्रगती आदि विषयमा समिक्षा भएको वताए ।
यसै विच कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यान स्थित प्रदेश मातहतका कार्यालयका प्रमुखसंग छलफल गरेका छन ।
चालु आर्थिक वर्षका योजना र आगामी वजेटमा समेट्नु पर्ने विषयमा छलफल गरेका हुन । कार्यालय प्रमुखहरुसंगको छलफलमा मन्त्री ज्वालाले कोरोना भाईरसवाट वच्न सुरक्षित हने उपाय अवलम्वन गर्दे चालु आर्थिक वर्षको योजना सञ्चालन गर्न पर्ने वताए ।
उनले आगामी वर्षको लागि ल्याईने वजेटमा रोजगारी सृजना गर्ने ल्याउन लागेकोले त्यसै अनुसारको योजना स्थानीय स्तरवाटै ल्याउन विषयगत कार्यालयका प्रमुखलाई आग्रह गरेका छन्





.jpg)