ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मानब अधिकार अनुगमन समिति गठन

  सरिता चलाउने २०७७ बैशाख ११ गते बिहीबार १७:०२:५३ मा प्रकाशित

सरिता चलाउने वैशाख ११,सल्यान
सल्यानमा मानब अधिकार अनुगमन समिति गठन गरिएको छ । लकडाउन अर्थात बन्दाबन्दीकोे समयमा जिल्लामा मानबअधिकारको अवस्था अनुगमन लागि अधिकारकर्मीहरुले बिहिबार मानबअधिकार अनुगमन समिति गठन गरिएको हो ।


राष्ट्रिय मानबअधिकार आयोग, गैर सरकारी संस्था महासंघ , नेपाल पत्रकार महासंघ र नेपाल वार एसोशियसन बिच उच्च स्तरिय निर्णय अनुसार मानबअधिकार अनुगमनका लागि समिति गठन गरिएको  गैर सरकारी महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार सहकार्य गर्ने निर्णय भए बमोजिम र लकडाउनको अवस्थामा मानबअधिकारका घट्ना घट्न सक्ने भन्दै जिल्लामा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।


 नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माको संयोजकत्वमा गठन भएको समितिमा गैर सरकारी संस्थ महासंघका सल्यानका जिल्ला अध्यक्ष दिपेन्द्र शाही, नेपाल वार एसोशियसन सल्यानका अध्यक्ष लालबहादुर रावत रहनु भएको छ । 


समितिले कोभिड १९ को सन्दर्भमा जिल्लामा स्वास्थ्य उपचारको अवस्था , आम उपभोक्ताको अधिकार, अभिब्यक्ति स्वतन्त्रता , न्याय प्रशासनमा पहुँच,  नागरिकको कर्तब्य , कोरोनो सम्बन्धी अवस्था , औषधिको उपलब्धता , निजि तथा सरकारी स्वास्थ्य संस्थाको भुमिका,  बिपन्न बर्गको जिबनयापन , राहत बितरण , नागरिक समाज संस्था र मानबअधिकार कर्मीको भुमिका लगायतका बिषयको  अनुगमन गर्ने रिर्पोटिग गर्ने शाहीले बताए । 


यस्तै समितिले ईन्सेकका जिल्ला सहजकर्ता रामचन्द्र रेग्मी र डेभल्पमेन्ट सोसाईटिकी सदस्य केशरी श्रेष्ठ लाई थप गर्ने निर्णय गरेको छ ।   

प्रतिक्रिया

सम्बन्धित खवर

Top