होमपेज / समाज
सरिता चलाउने वैशाख ११, सल्यान
बागचौर नगरपालिका १२ मा १ सय ५० घरधुरीलाई साबुन वितरण गरिएको छ । १२ वडाको जनचेतना शक्तिशाली आमा समूहले साबुन वितरण गरेको हो ।
बिश्वभरी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना संक्रमण भाईरस काभिड १९ बाट बच्नको लागि आमा समुहले घर घरमा पुगेर ४४ वटा साबुन वितरण गरेको हो ।
ग्रामिण भेगमा अझै पनि सरसफाईमा ध्यान नदिने भएकाले अहिले फैलिरहेको कोरोना भाइरसबाट बच्न र सरसफाईमा ध्यान दिनको लागी साबुन वितरण गरेको आमा समुहका अध्यक्ष दुर्पता केसीले बताइन ।
प्रत्येक घरधुरीमा पुगेर जनप्रतिनिधि, आमा समुह, ब्यापारी लगायतले सरसफाईका बारेमा जानकारी गराउदै साबुन वितरण गरिएको उनको भनाई छ ।
उनका अनुसार स्थानीयलाई कोरोना भाइरस संक्रमणका बारेमा पनि सचेतीकरण गराइएको छ ।





.jpg)