ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेत सिम्तामा खाद्यान्न ढुवानी गर्न वडा कार्यालयको सिफारिस चाहिने

  इन्द्र बुढाथोकी २०७७ बैशाख ४ गते बिहीबार ११:१५:३४ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान ४ बैशाख । 
 सुर्खेतको सिम्तागाउपालिकामा बिहिबार बसेको गाउँपालिका, उधोगी, व्यापारी र प्रशासनको सयुक्त बैठकले लकडाउनलाइ अझै प्रभावकारी बनाउने निर्णय गरेको छ ।

सिम्ता गाउपालिका भित्रका नाकाहरु बाट भित्रिने सम्पुर्ण यातायात साधन र पैदल यात्रिलाई चेकजाँचमा कडाइ गरिने र अतिआवश्यक बस्तु औषधि र खाद्यान्न बाहेक अरू फलफूल,तरकारी र अन्य कुनै पनि बस्तु गाउँपालिका भित्र प्रवेश गर्न नदिने गाउपालिका अध्यक्ष कबिन्द्र कुमार केसिले जानकारी दिए। 


वडामा खाद्यान्न ढुवानी गर्दा व्यापारीलेँ वडा कार्यालयको सिफारिसको आधारमा खाद्यान्न ढुवानी गर्न पाउने छन । खाद्यान्न ढुवानी गर्नको लागि वडामा जाने समय तोकिएको छ जस अनुसार वडा नं १ र ९ मा आईतबार, वडा नं २ र ८ मा सोमबार, वडा ३ र ४ मा मंगलबार र वडा नं ५,६ र ७ मा बुधबार मात्र खाद्यान्नका  यातायातका साधन सञ्चालन हुने गाउपालिकाले बताएको छ ।

साथै अति आबश्यक खाद्यन्न बस्तुका लागि बजार खुल्ला रहने र प्रत्येक दिनको १२ बजेदेखि २ सम्म मात्र गर्ने र टोल तिरका अन्य स्थानीय बजार बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने यदि त्यस्तो निर्णय अटेरी गरेमा कानुन बमोजिम कर्बाही गरिने गाउपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top