होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान ३ चैत्र ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ र ५ ले आफ्ना वडाबाट भारत तगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको विवरण सङ्कलन गरेको छ ।
कोरोना भाइरस सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको वडाले देश बाहिर रहेको आफ्ना नागरिकको विवरण सङ्कलन गरेको हो
४ न वडाबाट , भारत ५ सय २३, मलेसिया ४५, कतार ५, साउदी ५, युरोप १ जना गरी जम्मा ५ सय ७९ विदेश गएको ४ न वडा अध्यक्ष मोमत रोकाले जानकारी दिए ।
साथै ५ न वडाबाट रोजगारीको लागि भारत तथा तेस्रो मुलुकमा गएका जम्मा ७ सय ३८ रहेको ५ न वडा अध्यक्ष कमल विकले जानकारी दिए ।
जनप्रतिनिधि र वडा कार्यालयका कर्मचारीले टोल टोलमा गएर विवरण सङ्कलन गरिएको जनाएको छ । विदेश गएका विवरण सङ्कलन गर्ने यी २ वडा मात्र रहेका छन् ।





.jpg)