ट्रेण्डिङ

होमपेज / समाज

सिम्ता गाउँगाउँपालिकामा विदेशबाट आएका एक सय एक जनाको र्‍यापिड टेस्ट

सबैको रिर्पोट नेगेटिभ

  इन्द्र बुढाथोकी २०७७ बैशाख २ गते मंगलबार १७:३३:११ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान २ बैशाख 
 सुर्खेतको सिम्ता गाउँपालिकाले  विदेशबाट आएका १ सय १  जनाको र्‍यापिड डाइगोनिस्टिक परिक्षण गरेको छ । परीक्षण्मा सबैको  रिर्पोट नेगेटिभ आएको सिम्ता गाउँपालिकाले जनाएको छ  । 
भारत तथा विदेशबाट आएका नागरिककोबागेश्वरी माध्यमिक विद्यालय राकमकाे क्वारेन्टाइनमा र्‍यापिड टेष्ट मंगलबार गरिएको छ ।
  जिल्ला स्वास्थ्य कार्यलय सुर्खेत कर्णाली प्रदेशका ल्याव असिस्टेन्ट उदय विसि,  प्रेम प्रकाश चपाइ, गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, सन्तोष वुढा र ल्याब असिस्टेन्ट रन्जिना वलि लगायतको चिकित्सकको टोलि र्‍यापिड परिक्षण गरेको हो  । 


भारतबाट आएका १ सय ४५ र अन्य मुलकबाट आएका ७ जना गरी हालसम्म  १ सय ४७ जनाको  र्‍यापिड टेष्ट गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिनु दिए । 
            कोरोना भाइरस (कोभि १९) को रोकथाम तथा नियन्त्रणका लागि यसको निदान र उपचार विधि आरडिटि स्कृनिङ विधि अवलम्बन गर्ने यो पहिलो स्थानीय तह रहेको छ । यसरी अन्य गाउँ पालिका तथा नगरपालिकाले गरेको पाइदैन ।

चैत्र २८ गते शनिबार गरिएको परिक्षणमा ४६ जनाको भएको र्‍यापिड टेष्टमा सबैको नेगेटिभ रिपोर्ट आएको थियो भने आज मंगल  १ सय १ जनाको गरिएको अध्यक्ष केसिले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top