होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान ३० चैत्र ।
बनगाड कुपिण्डे नगरपालिका वडा न १ देवस्थलको कार्यालयमा वडाको विपद् व्यवस्थापन समिति गठन भएको छ । वडा विपद् व्यवस्थापन समितिमा वडा शान्त कुमार यरिको अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न आवश्यक पर्ने सामाग्री र जनचेतनामूलक कार्यक्रम सन्चालन तथा राहत वितरण गर्नको लागि गाउँगाँउ टोलटोलमा आवश्यकता अनुसार समिति गठन भएको छ ।
वडा अध्यक्ष यरिका अनुसार जथाभावी भिडभाड नबस्ने, बैठक भेला नगर्ने पनि आग्रह गर्नु भएको छ । घरमा सुरक्षीत बस्न र कसैका घर तथा जथाभावी नजान पनि बैठकले निर्णय गरेको छ ।
वडा न १ सल्लीबजारमा सबैभन्दा पढी गरिव, अपांग, दैनिक मजदुर गर्ने बस्ने व्यक्ति भएकोले तिनीहरुको लगत सङ्कलन गरि १२६ जनालाई राहत सामग्रीको लागि नगरपालिका सिफारिसको गरिएको छ ।





.jpg)