ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिका ९ मा विपद् व्यवस्थापन समिति गठन

  इन्द्र बुढाथोकी २०७६ चैत्र २८ गते शुक्रबार १९:१७:०२ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान २८ चैत्र
बनगाड कुपिण्डे नगरपालिका वडा न ९  जयतपानीमा विपद्  व्यवस्थापन समिति गठन गरिएको छ  ।  वडा अध्यक्ष इन्द्र बहादुर कुमाइको अध्यक्षतामा २५ सदस्सीय वडा विपद व्यवस्थापन समिति गठन गरिएको हो  ।


 कोरोना भाइरसलाई नियन्त्रण गर्न आवश्यक पर्ने सामाग्री र जनचेतनामूलक कार्यक्रम सन्चालन तथा वितरण गर्नको लागि ९ नम्बर वडा कार्यालयले वडामा रहेका टोलमा वडा सदस्यको नेतृत्वमा टोल स्तरीय विपन व्यवस्थापन उप समिति गठन गरिएको छ । 


उक्त गठनभएको उप समितिलालाइ कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक काममा लाग्न अध्यक्ष कुमाइले  निर्देशन दिएका छन् । वडा अध्यक्ष कुमाइले 
 अनावश्यक भिडभाड मा नबस्न पनि आग्रह गरेका छन् । 


घरमा सुरक्षीत बस्न र कसैका घर तथा जथाभावी नजान आग्रह गर्ने बैठकले निर्णय गरेको छ । खाद्यान्न अभाव भएमा वडा सदस्यलाई जानकारी गराउने र वडा सदस्यले नै वडा कार्यालयमा जानकारी गराएर बजारमा गएर खाद्यान्नको व्यवस्थापनको लागि व्यापारीलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष कुमाइले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top