ट्रेण्डिङ

होमपेज / समाज

वडा अध्यक्ष डाँगीद्धारा एक महिनाको सेवा सुविधा राहतकोषमा जम्मा गर्ने घोषणा

  इन्द्र बुढाथोकी २०७६ चैत्र २७ गते बिहीबार १९:३६:४३ मा प्रकाशित

इन्द्र बुढाथोकी  सल्यान २७ चैत्र ।
 जिल्लाको  पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा १२ मा विपद् ब्यबस्थापन राहत कोषखडा गरिएको छ ।  

वडा अध्यक्ष गोविन्द डाँगीको  नेतृत्वमा विपद् जोखिम न्युनिकरणका लागि राहत रकम जम्मा हुने गरी कोषखडा गरिएको छ भने अहिले राहत संकलन गर्ने कार्य चलिरहेको छ । कोषबाट उठेको र संकलन भएको रकम छिट्टै गरिव तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिने वडा अध्यक्ष गोविन्द डाँगीले बताए ।

नगरपालिका कन्छा र विकट वडाका अध्यक्ष समेत रहेका अध्यक्षले आफ्नो एक महिनाको सेवा सुविधा राहत कोषमा जम्मा गर्ने र अन्य सदस्यहरुले पनि आफ्नो सक्दो सहयोग राहत कोषमा जम्मा गर्ने उनले बताए । 


यस वडामा कोरोना रोकथाम तथा महामारीसँग जुट्न वडा अध्यक्षको संयोजकत्वमा विपद ब्यबस्थापन समिति समेत गठन गरिएको छ । निगालचुलाका टोलटोलमा विपद ब्यबस्थापन समिति गठन गरिने पनि अध्यक्ष डाँगीले बताए  । 


राहतको लागि विपन्न वर्गको छनौट गर्ने क्रम चलिरहेको छ । राहत कोषमा हाल सम्म ५७ हजार रुपैँया संकलन भएको छ । साथै वडामा कोरोना भाइरसको रोकथामको लागी आमवडावासीलाई सचेतिकरण गर्ने क्रम चलिरहेको छ । यस नगरका बिभिन्न वडाहरुमा पनि बिपद् ब्यबस्थापन समिती गठन गरिएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top