ट्रेण्डिङ

होमपेज / समाज

वडाका पाँच सय बढी घरधुरीलाई मास्क र साबुन वितरण

  इन्द्र बुढाथोकी २०७६ चैत्र २७ गते बिहीबार १६:३९:५८ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान २७ चैत्र । 
सल्यान को बनगाड कुपिण्डे नगरपालिका वडा न ४ ले स्थानीयलाई  साबुन र मास्क वितरण गरेको छ ।

 बनगाड कुपिण्डे ४ न वडा अध्यक्ष मोमत रोकाको व्यक्तिगत लगानीमा र श्री सल्लेरी सामुदायिक वन डोप्के, ठुलटाकुरा सामुदायिक वन देउली,  देउली भाटमारे सामुदायिक वन गर्चे, चिसापानी सामुदायिक वन मुलखोला र लेकवेशी सामुदायिक वन काफलपानीले १०/१० हजार लगानीमा जम्मा ६० हजारमा मास्क र साबुन  वितरण गरेका हुन । वडाका ५ सय १५ घरधुरीका  दुई हजार जनालाई साबुन र मास्क वितरण गरिएको वडा अध्यक्ष मोमत रोकाले बताए ।  

वडा अध्यक्ष मोमत रोका लगाएत सस्थाका प्रतिनिधिको उपस्थितिमा मास्क र साबुन वितरण गरिएको छ ।
 विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरस ( कोभिड १९ ) बाट बच्न माक्स र साबुनको प्रयोग बढी मात्रामा गर्नुपर्ने र बजारमा नपाइने समस्या भएकोले केही सामुदायिक वन सहित आफुले व्यक्तिगत लागनी माक्स र साबुन वितरण गरेको अध्यक्ष मोमत रोकाले बताए ।  साबुन र माक्स वितरण गर्ने र कोरोनाबाट बच्ने उपाय पनि सिकाएको अध्यक्ष रोकाको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top