ट्रेण्डिङ

होमपेज / समाज

रोजगारीको सिलसिलामा विभिन्न जिल्ला पुगेका ६८५ जना अलपत्र

  इन्द्र बुढाथोकी २०७६ चैत्र २६ गते बुधबार १७:००:४८ मा प्रकाशित

इन्द्र बुढाथोकी चैत २६, सल्यान
सल्यान , सुर्खेत, जाजरकोट, रुकुम पश्चिम सहित विभिन्न जिल्लाका रोजगारीको शिलशिलामा मोरङ्ग, लमजुङ, काठमाडौ, भक्तपुर पुगेका ६८५ जना अलपत्र परेका छन । सरकारले कोरोना भाईरस न्युनिकरण गर्न र उच्च सतर्कता अपनाउन लकडाउन गरेपछी उनिहरु 
 अलपत्र परेका हुन।
लक्ष्मी मार्ग, डागिहाट, बनौल, दवियाबिर्ता अमाही सडकमा सल्यान बनगाड कुपिण्डेका न.पा ४० जना, सुर्खेत गुर्भाकोट नगरपालिका २१ जना, भेरी गंगा नपा १६ जना, जाजरकोट भेरी न.पा.का २३ जना र रुकुम पश्चिम सानोभेरी ९ र चौरजाहरीका २ जना लगाएत अन्य जिल्लाका सहित १४४  जना   मजदुरहरु आयोजना निर्माण स्थलमा अलपत्र परेको बताएको छ। 

त्यस्तै लमजुङको दोर्जे खोलामा काम गर्ने ४१ जना, र भक्तपुर काठमाडौ सरस्वती इटा उद्योग, एन बि इटा उद्योग, सरस्वती माता इटा उद्योग लगाएत उद्योगमा काम गर्ने सल्यान सुर्खेत ५ सय मजदुर रहेको  आइते पुनले बताएका छन । पुनका अनुसार आफुहरु घर आउन चाहेको बताएका छन । धेरैको संख्यामा काम सङ्गै गर्ने गरेको र कोरोना भाइरस आएमा अत्यन्तै जोखिम बढन सक्ने भन्दै उनले घर जान जाहेको बताएका छन । घरबाट फोन गरेर आउनु भनेर आतिरहेको समेत पोखर सिङ्ग घर्तीले बताएका छन आफू लगाएत अन्य ५ जनाले १ सय जनाको नेतृत्व गरेर इटा उद्योगमा काम गरिरहेको समेत बताएका छन ।


कोरोना भाईरसको संक्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर गरिएको लकडाउनको अवस्थामा निर्माण कार्यको लागि आवश्यक कच्चा पदार्थ तथा निर्माण सामाग्रीहरुको अभाव लगायतका कारणले आयोजनाको काम बन्द भएपछी उनिहरु अलपत्र परेका हुन।

त्यहा रहेका कर्मचारी र मजदुरहरुकालागी खाद्यान्न अभाव हुन थालेको छ। खाद्यान्न अभाब भएपछि त्यहाँ रहेका कर्मचारी तथा श्रमिकहरु आफ्नो घरमा सुरक्षित रुपमा फर्किन चाहेको मान बहादुर घर्तीले बताएका छन । 
लकडाउन छ ूयहाँ हामिसङ नत पैसा छ नत खाद्यान्नू हामी घरमा जान चाहन्छौ त्यहा रहेका श्रमिक घर्तिले भने यस्तो अबस्थामा हामी हाम्रो परिवार सङ बस्न चाहन्छौ त्यसैले हामी घर फर्कन चाहेको मजदुरहरु बताउछन।
सल्यानका प्रमुख जिल्ला अधिकारीले सवारी पास अहिले कुनै जिल्ला दिन नमिल्ने र सम्बन्धि जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धि गाउँ तथा नगरपालिकाले खाना बस्नको व्यवस्था गर्नु पर्ने बताएका छ्न  । 

अलपत्र परेका श्रमिक हरुले सल्यानको सम्बन्धित निकाय जिल्ला प्रशासन र पालिकाहरुले उद्दारको लागि पहल गरिदिन आग्रह गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top