होमपेज / समाज
सरिता चलाउने चैत २६, सल्यान
जिल्लाको शारदा नगरपालिकाले आठ सय बढी विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडाका जनप्रतिनिधिहरुले सर्वेक्षण गरी पहिचान गरेका अति विपन्न र साहारा बिहिन आठ सय बढी परिवारलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
दैनिक जीविकोपार्जन गर्न नसक्ने, अति विपन्न, एकल महिला, जेष्ठ नागरिक, अपांगता भएका , ज्याला मजदुरी गरी दैनिकी चलाउने परिवार पहिचान गरी राहत वितरण गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताए ।
राहत सामाग्रीको दुरुपयोग नहोस र वास्तविक विपन्न परिवार नछुटोस भन्ने नगरपालिका सचेत रहेको उनको भनाई छ ।
नगरपालिकाका १५ वटै वडामा सञ्चालन गरिएको राहत वितरण अभियानबँट समस्यामा सरकार छ भन्ने कुराको जनतालाई बोध गराउन सफल भएको अधिकारीले बताए ।
विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड १९) ले सन्त्रास बढी रहेको सन्दर्भमा सबैलार्य लकडाउनको पूर्ण पालना गरी विदेशबाट आएका व्यक्ति नगरपालिकाले स्थापना गरेको क्वारेनटाइनमा बसी दिन आग्रह समेत गरेका छन् ।
लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस भनी विपन्न परिवारलार्य राहत वितरण गरिएको निमित्त प्रमुख प्रशासनिकय अधिकृत लिला बहादुर बबालले बताए । कोही विपन्न परिवार नदोहोरियोस न नछुटोस भनेर वडागत रुपमा तथ्यांक संकलन गरिएको छ उनले भने ।





.jpg)