ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिका ४ मा विपत व्यवस्थापन समितिको बैठक सम्पन्न

विदेश गएकाको डाटा संङ्कलन गर्दै

  इन्द्र बुढाथोकी २०७६ चैत्र २५ गते मंगलबार २०:१६:५७ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान २५ चैत्र, । 
बनगाड कुपिण्डे नगरपालिका ४ न वडा कार्यालय गर्चेमा वडा विपत व्यवस्थापन समितिको बैठक बसेको छ ।

बैठकले ४ नम्बर वडा बासिको विदेश गएका व्यक्तिहरुको डाटा सङ्कलन गर्ने निर्णय गरेको छ ।  डाटा लिने र अब आउने व्यक्तिको पहिचान गरि विदेशबाट घरमा आएमा क्वारेन्टाइनमा राख्न सहज हुने भन्दै डाटा राखिन लागेको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ का वडा अध्यक्ष मोमत रोकाले जानकारी र्दिए। 


वडा क्षेत्रमा कोरोना भाइरसमा लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न कठिन हुने विपन परिवारको लागत सङ्कलन गरेको  र संकलनमा आए ६९ घरधुरीलाई राहतको लागि नगरपालिकामा सिफारिस गर्ने निर्णय गरेको छ । 


कोरोना भाइरस लाई नियन्त्रण गर्न आवश्यक पर्ने सामाग्री र जनचेतनामूलक कार्यक्रम सन्चालन तथा वितरण गर्नको लागि ४ नम्बर  वडा कार्यालयले वडामा रहेका  ८ वटा टोलमा टोल स्तरीय विपन व्यवस्थापन उप समिति गठन गरिएको छ । 


उक्त गठनभएको उप समितिलालाइ आज देखि कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक काममा लाग्न अध्यक्ष रोकाले निर्देशन दिनुभएको छ । बनगाड कुपिण्डे नगरपालिकामा विदेश भएकाको डाटा सङकलन र टोल टोलमा विपत व्यवस्थापन समिति गठन गर्ने यो भने पहिलो वडा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top