होमपेज / समाज
असार १५,सल्यान
सल्यानमा असार १५ सम्म ७८ प्रतिशत धान रोपाइ सकिएको छ । यस वर्ष समयमा नै निरन्तर वर्षात भइरहेकाले जिल्लामा ७८ प्रतिशत धान रोपाइ सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
लगातारको वर्षात र सिँचाईको सुविधा भएकाले मध्य असारसम्म धान रोपाई सकिएको र बाँकी क्षेत्रमा पनि धान रोपाई धमाधम रुपमा भइरहेको कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिनु भयो । उहाँले भन्नु भयो हालसम्म करिब ७८ प्रतिशत धान रोपाइ सकिएको छ बाँकी २२ प्रतिशत पनि असार महिनाभित्र रोपेर सकिन्छ ।
आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार १ सय ५८ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको बालि विकास अधिकृत निषेश घिमिरेले बताउनु भयो । जसबाट २९ हजार १ सय ३७ मेटिक्टन धान उत्पादन भएको छ । सल्यानमा ४ दशमलव ७० मेटिक्टन प्रति हेक्टर उत्पादन भएको छ । जुन राष्ट्रिय उत्पादकत्व भन्दा धेरै हो । सल्यानमा वर्षेधान बढी खेती हुने गरेको छ । ६ हजार ५८ हेक्टर क्षेत्रफलमा वर्षे धान, १० हेक्टरमा चैते धान र ८९ हेक्टरमा घैया धान खेती हुँदै आइरहेको छ ।
जिल्लामा किसानहरुले बढी मात्रामा रामधान, खुमल,सुख्खा, लगायतका जातको धान खेती हुँदै आइरहेको छ ।





.jpg)