होमपेज / समाज
इन्द्र बुढाथोकी २२, सल्यान
कोरोना भाइरस (कोभिड १९) को संक्रमण न्युनिकरण गर्न सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा किटनाशक औषधि छर्किएको छ ।
संक्रमण फैलिन सक्ने जोखिम न्युनिकरण गर्न बन्दै नगरपालिकाका विभिन्न वडामा किटनाशक औषधी छर्किएको हो ।
नगरपालिकाको क्षेत्रमा पाँच जिल्लाको नाका भएकाले कोरोना भाइरसको जोखिम पनि धेरै भएका कारण किटनाशक औषधी छर्किएको नगरपालिका प्रमुख गोविन्द कुमार पुनले बताए ।
नगरपालिकाले देवस्थल, सल्लीबजार, च्युरा, नाथेखोला, सुनौली बजार, बालुवा संग्रही, ढोरपिपल लगायतका चहलपहल बढी हुने स्थानमा क्लोरिन पाउडर छर्किएको उपमेयर मञ्जु यरीले बताइन । फोहोर र विभिन्न खाले किटाणु नियन्त्रण गर्न किटनाशक औषधीले सहयोग पुग्ने उनको भनाई छ ।
नगरपालिकाले स्थानीयको घर घरमै पुगेर कोरोना भाइरसबारे जनचेतना दिर्दै आइरहेको छ । अहिलेसम्म नगरपालिकाका कुनै पनि शंकास्पद विरामी फेला नपरेको नगरपालिकाले जनाएको छ ।





.jpg)