होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान २१ चैत्र ।
सुर्खेतको सिम्ता गाउँपालिमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि औषधि छर्किन थालिएको छ । उक्त गाउपालिकाका भित्र दमकलको पहुँच पुग्ने विभिन्न स्थान ठाउँहरुमा १५ हजार बढी कोलोरिन पाउडर भाइरस किटनासक औषधि छर्किएको हो ।
गाउपालिका क्षेत्रमा छिन्चु जाजरकोट डोल्पा सडक पर्ने भएकोले कोरोना भाइरसको जोखिम हुन सक्ने भन्दै किटनासक औषधि छर्कन लागेको सिम्ता गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिए । अध्यक्ष केसिका अनुसार राकमको पुलबजार, जामुनेबजार, चौर, ज्यामिरचौर, गोजिवजार, लुकुइ, औलझ्याम गजौड, वालिखोला, कालीखोला, तारकुला, बाँखर्क, छेडावजार, आलि लगाएतका स्थानमा दमकलको सहयोगमा १५ हजार लिटर कोलोरिन पाउडर किटननशक औषधि छर्किएको उनको भनाई छ । ।
गाउँपालिकाको आर्थिक सहयोग र गाउँ स्वास्थ्य शाखाको आयोजनामा सिम्ताका विभिन्न क्षेत्रमा उक्त किटनासक औसधि छर्किएको हो । फोहरमैला तथा विभिन्न खाले किटाणु भाइरस नियन्त्रण तथा उन्मुलमा यसले सहयोग गर्ने गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिए ।
कोरोना भाइरस रोकथाम तथा पुर्व सतर्कताको लागि सिम्ताले चरण चरणमा योजनावद्व रुपमा काम गरेको छ ।
त्यसै गरि ५० बेडको क्वारेन्टाइन समेत व्यवस्थापन गरिसकेको छ भने ९ वटै वडा कार्यालयमा पनि छुट्टै विपद व्यवस्थापन समितिले पनि घरमै पुगेर जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । अहिलेसम्म गाउँपालिकामा कुनै संकास्पद विरामि नभेटिएको गाउपालिकाले जनाएको छ ।





.jpg)