होमपेज / समाज
इन्द्र बुढाथोकी चैत ४,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका आयोजनामा भूकम्प प्रतिरोधी संरचनाको विकास, भूकम्पबाट निकास भन्ने मूल नाराका साथ भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी ७ दिने डकर्मी तथा अपरेटर तालिम उद्घाटन गरिएको छ ।
तालिम उद्घाटन कार्यक्रम बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बलियो पूर्वाधार निर्माण गर्ने दक्ष डकर्मी तालीम सञ्चालन गरिएको बताउनु भएको छ । भूकम्प प्रतिरोधात्मक संरचना बनाउनु पर्ने र विगतमा नेपालमा आफैले बनाएको संरचनाले आफै जोखिम भएकोले यसलाई अब परिमार्जन गरेर भूकम्प प्रतिरोधात्मक बलियो संरचना बनाउनु पर्न बताउनु भएको छ । विदेश भूकम्प रहित संरचना बलियो भएकोले मानवीय क्षति नभएको समेत बताउनु भएको छ । बलियो संरचना बनाएमा दिगो विकास हुने र राज्यलाई थप सहयोग हुने समेत बताउनु भएको छ । दक्ष डकर्मी उत्पादन उद्देश्य यो तालीम सञ्चालन गरिएको बताउनु भएको छ ।
अहिले बन्ने घरहरू भूकम्प प्रतिरोधी घर बनाउने भएकोले कार्यक्रम नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, ७ न वडा अध्यक्ष जीवन सिंह ठकुरी, कार्यपालिका सदस्य वीर बहादुर बस्याल, इन्जिनियर महेश देवकोटा लगायत डकर्मी लिन प्रशिक्षार्थी सहभागी रहेका थिए ।





.jpg)