ट्रेण्डिङ

होमपेज / समाज

सल्यान बनगाडमा विविध कार्यक्रम गरी अन्तरािष्ट्रय नारी दिवस मनाइयो 

  इन्द्र बुढाथोकी २०८० फाल्गुण २४ गते बिहीबार २१:५४:५३ मा प्रकाशित

इन्द्र बुढाथोकी फागुन २४,सल्यान 
महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल साथ ११४ औं अन्तरास्ट्रिय नारी दिवस सल्यान बनगाड कुपिण्डेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 
बनगाड कुपिण्डे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बिहिवार विविध कार्यक्रम गरी  सम्पन्न गरिएको हो। 

महिका हिसा अन्त्य गरौं , ११४ अन्तरास्ट्रिय नारी दिवस भव्य रुपमा मानौ, लैगिङ्ग हिसा अन्त्य गरौं , हिसा गर्ने सबैलाई कानुनी कार्वाही हुनैपर्छ, महिला पुरुष सम्मान हुन, महिला अधिकारको सरक्षण गरौ, घर शान्ति विश्व शान्ति लगाएतमा नारा लगाएर देवस्थल हुदै सल्लीबजार परिक्रमा गर्दै नगरपालिकामा गएर विभिन्न कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख श्री कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्री जगत बहादुर धर्ती, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीहरु, स्थानीय वासी लगाएतको उपस्थितिमा कार्यक्रम गरिएको थियो । 

दिवसको अवसरमा  कुर्सी दौड, घैटोफोर र महिला लोक गित प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगीतामा सहभागी भइ विजेता हुनेहरुलाई नगर प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको थियो । कुर्सी दौड प्रतियोगितामा दिपा साहु पुन प्रथम सहति पुरस्कार रु ३५००,  सुनिता पुन द्वितीय सहित पुरस्कार रु २५०० र  नेगी पुन तृतीय सहित पुरस्कार रु। १५०० प्राप्त गर्नु भएको छ ।  

घैटोफोड प्रतियोगिता तर्फ विमला गन्धर्व पुन प्रथम हुनु भएको छ । उहाँले पुरुस्कार रु३५०० प्राप्त गर्नु भएको छ ।  भने महिला लोकगित तर्फ तुल्सा बुढा प्रथम,भुवनेश्वरी वि.क. द्वितीय, पार्वती बुढा तृतीय हुनु भएको छ । उहाँहरुले क्रमश  ३५००, २५०० र  १५०० पुरस्कार प्राप्त गर्नु भएको छ ।  कार्यपालिका सदस्य श्री विमला गन्धर्वको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण निरु शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top