ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा चालकसंग दुई मिनेट कार्यक्रम

  इन्द्र बुढाथोकी २०८० फाल्गुण ११ गते शुक्रबार २२:०४:५५ मा प्रकाशित

इन्द्र  बुढाथोकी फागुन  ११ ।

सल्यान जिल्लाको सुरक्षा समितिले चालक सङ्ग दुई मिनेट अभियान शुक्रबार देखि सुरु गरेको छ ।

सल्यान बनगाड कुपिण्डे नगरपालिकाको छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत अम्रामा चालक सङ्ग दुई मिनेट कार्यक्रम संचालन गरिएको छ ।

सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुराहरू, ट्राफिक नियम लगाएतका कुराहरू जानकारी गराएको थियो ।त्यसै गरि चालकहरूको स्वास्थ्यकर्मीले स्वास्थ्य चेकजाँच समेत गरिएको थियो ।

चालकहरुको स्वास्थ्य चेकजाँचको क्रममा अधिकाश चालकहरूको ब्लड प्रेसर बढी भएको पाइएको थियो । गाडी तथा मोटरसाइकलहरुको अवस्था कस्तो छ । सहि तरिकाले चलाएको छ कि के छ भनेर मेकानिकलहरुले चेकजाँच समेत गर्नु भएको थियो ।

दुर्घटना न्यूनीकरण गर्नको लागि यस्तो अभियान सन्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपि नवीन कार्कीले जानकारी दिनु भएको छ । चालकहरू मापसे गरेर चलाएमा स्पिड बढी बनाएर चलाएमा यात्रुहरुलाई प्रहरीलाई खबर गर्न र सुरक्षीत यात्रा गर्न सबैमा अनुरोध समेत गरिएको छ । तिब्र गतिमा गाडीहरू चलाउदा धेरै दुर्घटना हुने गरेको समेत बताएका छन । यो अभियान पहिलो पटक सन्चालन गरिएको र यसलाई नियमित गरिने समेत बताएको छ । 
 सबै भन्दा बढी ध्यान दिनु पर्ने चालक हो र त्यसले नै सहयोग गर्नु पर्ने बताउनु भएको छ । 

घटना दुर्घटना विपतमा सके सम्म छिटो उदार गरेमा कसैको ज्यान वचाउन सकिन्छ यसलाई नियमित गर्ने समेत बताउनु भएको छ । साथै बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले दुर्घटना न्यूनीकरण गर्न सबैभन्दा चालक ध्यानदिनु पर्ने बताउनु भएको छ । सडक दुर्घटना हुनबाट रोक्न सबै सचेत हुनु पर्ने र नियमित चेकजाँच गर्नु पर्ने समेत बताउनु भएको छ । नगरपालिका क्षेत्र भित्र दुर्घटना हरोक्न सचेत बनाउने समेत बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top