ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिकामा पनि २० शैयाको क्वारेन्टाइन बनाउने 

  इन्द्र बुढाथोकी २०७६ चैत्र १९ गते बुधबार १४:१२:०२ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान, १९ चैत । 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले २० शैयाको क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।  प्रभाकर माध्यमिक विद्यालयमा २० शश्याको क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।
विश्वभर कोरोना भाइरसको महामारी फैलि रहेको बेला नियन्त्रणका लागि नगपालिकाले क्वारेन्टाइन निर्माण गरेको हो । यस्तै बैठकले लकडाउनको समयमा नगरपालिका भित्रका विपन्न परिवारहरुको दैनिक गुजारा चलाउनका लागि खाद्यान्न वितरण गरिने निर्णय गरेको बनगाड कुपिण्डे नगरपालिकाका उप प्रमुख मञ्जु यरीले जानकारी दिइन । विपत व्यवस्थापन समितिको वैठकले विपन्न परिवारहरुलाई खाद्यान्नका साथै चार जना सम्मको परिवारलाई २ हजार र पाँच जना देखि माथिको परिवारलाई ३ हजार रुपैया सम्म वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा उपलव्ध गराउने निर्णय  उप प्रमुख मञ्जु यरीले बताइन ।

यस्तै वैठ्कले नगरपालिका भित्रका मुख्य बजारहरुमा किटनासक बिषादी छर्किने निर्णय गरेको उप प्रमुख यरीले जानकारी दिइन । “यो क्षेत्र जाजरकोट देखि डोल्पा सम्म जोड्ने क्षेत्र भएकोले सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउने निर्णय गरेका छौ , हामीले मुख्य बजारहरुमा किटनाशक विषादी छर्किने र २ वटा गाडी भाडामा लिएर तयारी अवस्थामा राख्ने निर्णय गरेका छौ,” उप प्रमुख यरीले बताइन 

प्रतिक्रिया

सम्बन्धित खवर

Top